जलेश्वर नगरपालिकाका प्रमुखसहित १२ जना विरुद्ध भ्रष्ट्राचारको मुद्दा दायर
काठमाडाैं | बैशाख २७, २०८१
काठमाडौं: अख्तियार दुरुपयोग अनुसान्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिका नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत बिरुद्ध भ्रष्ट्राचारको मुद्दा दायर गरेको छ ।
नगर प्रमुख सुरेश साह सोनार, उप(प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
पालिकाको वडा नं. १ स्थित हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन कार्य गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा अनुसन्धान गर्दा उनीहरुलाइ दोषी पाइएको हो ।
पी.पी.सी. ढलान गर्दा गरेको काम भन्दा बढी गरेको भनी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीको लागि टिप्पणी पेश तथा सदर गरी सोही आधारमा ५ लाख ८४ हजार ६ सय ३७ रुपैयाँ बढि भुक्तानी दिएको अख्तियारको दावी छ ।
झुट्ठा विल भर्पाइ बनाइ सम्पन्न प्रतिवेदन तयार पारेर भुक्तानी दिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुर भएको हुँदा निजहरुलाई झुठ्ठा विल बरावर बिगो कायम गरी सजाय माग दावी गरिएको आयोगका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिनु भएको छ ।
काठमाडौं: आन्तरिक राजस्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर (प्यान) लगायतका कागजातको दुरुपयोग गरी आर्थिक कारोबार गर्ने १९ वर्षीया क्रमिक उप्रेती पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान क...
काठमाडौं: जेनजी अगुवा सुदन गुरुङले प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् ।&...
पोखरा: पद्यमाप्रेम थिएटरको प्रस्तुति नाटक “मृत्यु यस्तो हुनु हुँदैन” पोखरा थिएटर, गैह्रापाटनमा पौष २४ गतेदेखि २७ गतेसम्म मंचन भइरहेको छ । साबित्रा पाठक (सबु) को लेखन तथा पंच सुब्...

